Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्रदेश ५ को सरकारले ल्यायो ३६ अर्ब बढीकाे बजेट

प्रदेश ५ को सरकारले ल्यायो ३६ अर्ब बढीकाे बजेट

काठमाडौ, १ असार । समृद्ध प्रदेश खुशी जनता भन्ने मुल नारा तय गरेको प्रदेश नम्बर ५ को सरकारले आगामी आर्थिक बर्ष २०७६। ७७ का लागि ३६ अर्व बढीको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले ६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा चालु खर्च तर्फ १३ अर्व ४५ करोड, पुँजीगत खर्चतर्फ १८ अर्ब ५७ करोड र बित्तिय हस्तान्तरण समानिकरण तर्फ ४ अर्ब ३८ करोड रकम बिनियोजन गरिएको छ । बजेटको श्रोततर्फ आन्तरिक राजश्व संकलनबाट ४ अर्व ५० करोड, राजश्व बाँडफाँडबाट करिब १० अर्ब, बित्तिय समानिकरण अनुदानबाट ७ अर्ब ८४ करोड, सशर्त अनुदानबाट ७ अर्ब ७८ करोड र गतबर्षको मौज्दात रकम ५ अर्ब अनुमान गरिएको छ । 

कृषि, पर्यटन, उद्योग र ब्यापारलाई समृद्धिको मुल आधार बनाएको प्रदेश सरकारले प्रस्तुत बजेटमा सडक, सिंचाई, उर्जा लगाएतका भौतिक पुर्वाधार बिकासलाई बिशेष जोड दिएको छ । संघिय सरकारबाट प्राप्त हुने बिभिन्न प्रकारका अनुदान र आन्तरिक श्रोतलाई समेटेर प्रस्तुत गरिएको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका मानव संसाधन बिकास र सामाजिक सुरक्षाका क्षेत्रमा पनि बजेटले संबोधन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x