सन्राइज बैंक लिमिटेडको थप २ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु
काठमाडौं, १ असार । सन्राइज बैंक लिमिटेडले २ वटा शाखारहित बैंकिङ्ग सेवा सुरू गरेको छ । बैंकले शाखारहित बैंकिङ्ग सेवा तनहुको व्यास नगरपालिका वडा नं.९ गजौडेमा र उदयपुरकोे त्रियुगा नगरपालिका वडा नं.६ जलजले बजारमा सुरुवात गरेको हो ।
व्यास नगरपालिका वडा नं. ९ का अध्यक्ष सुरेश थापा र नायव महाप्रबन्धक अपछ कुमार यादवले गजौडेमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । त्यस्तै त्रियुगा चेम्बर अफ कर्मसका अध्यक्ष गजेन्द्र भगत र बैंकका प्रदेश नं. १ प्रमुख विवेक निरौलाले जलजले शाखारहित बैंकिङ्ग सेवाको संयुक्त रुपमा उद्घाटन गरे ।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यी संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ३५ पुगेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।