Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कर्णाली प्रदेश सरकारले ल्यायो ३४ अर्ब बढीको बजेट

कर्णाली प्रदेश  सरकारले ल्यायो ३४ अर्ब बढीको बजेट

काठमाडौं, १ असार । “समृद्ध कर्णाली, शुखारी कर्णालीबासी” नारा पुरा गर्न  आर्थिक बर्ष २०७६ । ७७ का लागि कर्णाली प्रदेशले ३४ अर्ब बढीको बजेट बिनियोजन गरेको छ  । प्रदेश शभा बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । जस अनुशार चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ ।

प्रदेश सरकारले बजेटमा पूर्वाधार विकास  र पर्यटन विकास र रोजगारिलाई उच्च प्राथामिकता राखेर बजेट विनियोजन गरेको छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई १ अर्ब २९ करोड, खानेपानी क्षेत्रमा १ अर्ब ३८ करोड ३५ लाख र सिँचाइ क्षेत्रमा १ अर्ब ७० करोड २५ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम, मनमोहन सामाजिक सुरक्षा कार्यक्रम, छोरीबुहारी मुलप्रवाहीकरण कार्यक्रम लगायतलाई बजेट छुट्याएको छ । सडक सुविधान नभएका हुम्ला र डोल्पाका जेष्ठ तथा पूर्ण अपाङ्गगता भएका व्यक्तिका लागि हवाई टिकटकमा सहुलियत दिन १ करोड ५० लाख बजेट छ ।

स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदान ८० करोड पुर्‍याइएको छ भने कर्णाली पूर्वाधार विकास लगानी कोयामा ३ अर्ब विनियोजन गरिएको छ ।  बजेटको स्रोत मध्ये आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य छ भने चालु बजेटमा खर्च नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार छ । यस्तै संघीय सरकारबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट आउने २ करोड ७४ लाख र सशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख छ । समपुरक र विषेश अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख अनुदान प्राप्त हुनेछ भने नपुथ ७५ करोड आन्तरिक ऋणबाट जुटाइने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x