Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

तनहुँ जलविद्युत् आयोजनाको बोलपत्र पेश गर्न एक महिना म्याद थप

तनहुँ जलविद्युत् आयोजनाको बोलपत्र पेश गर्न एक महिना म्याद थप

काठमाडौं, १ असार । तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजको बोलपत्र पेश गर्न एक महिनाको समय थप गरिएको छ । इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एण्ड सिमिष्ट्रि (सीएमएसी)सँग ठेक्का रद्द भएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले गत वैशाख १२ गते अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) आह्वान गरेकोमा पुनः एक महिनाको म्याद थप गरेको हो ।

यसअघि जेठ २६ गतेसम्म बोलपत्र पेश गर्ने गरी बोलपत्र आह्वान भएकोमा एक महिना म्याद थप गरी असार २२ सम्म पु¥याइएको आयोजनाले जनाएको छ । यसअवधिमा अठार वटा कम्पनीले बोलपत्र खरिद गरेका छन् । बोलपत्रदाताले बोलपत्र कागजात बनाउन समय लाग्ने भएकाले म्याद थप गर्न अनुरोध गरेपछि बोलपत्र पेश गर्ने समय थप गरिएको गौतमले जानकारी दिनुभयो ।

१४० मेगावाट क्षमताको आयोजनाको प्याकेज २ अन्तर्गतको काम भने तीव्र गतिमा चलिरहेको छ । दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा कार्यालय भवन, श्रमिक आवास क्षेत्र र पहुँचमार्ग निर्माण गरिरहेको छ ।

आयोजनाको कूल लागत ५८ अर्ब ८ करोड रुपैयाँ छ । यो लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x