Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर बजारमा दोहोरो अंकको गिरावट, सूचिकृत सबै समूहको उपसूचक घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, सूचिकृत सबै समूहको उपसूचक घट्यो

काठमाडौं, १ असार । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । गएको साता प्रत्येक दिनजसो गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पनि ११.३६ अंकले गिरावट आई १२५८.२७ बिन्दुमा बन्द भएको छ ।

१ सय ७४ कम्पनीको १४ लाख ७३ हजार ८०८ कित्ता सेयर खरिद–विक्री हुँदा ४७ करोड २५ लाख २० हजार ८११ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । उक्त बैंकको २ करोड ८० लाख रुपैयाँ भन्दाबढीको सेयर कारोबार भएकाो छ ।

त्यस्तै सबैभन्दा बढी कमाउनेमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रहेका छन् । लघुवित्तको प्रतिसेयर मूल्य ६.७५ प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा बढी गुमाउनेमा महिला सहयात्रा माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त माईक्रोफाइनान्सको प्रतिसेयर मूल्य ७.८७७४६ प्रतिशतले घटेको छ ।

त्यसैगरी नेप्सेमा सूचिकृत सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x