Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लोकसेवाले संविधानमा व्यवस्था भए अनुरुप काम गर्नु पर्छः राष्ट्रपति भण्डारी

लोकसेवाले संविधानमा व्यवस्था भए अनुरुप काम गर्नु पर्छः राष्ट्रपति भण्डारी

काठमाडौं, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा व्यवस्था भए अनुरुप लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छिन् । लोकसेवा आयोगको ६९ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयोगको गरिमा र त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताइन् ।

उनले परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम व्यक्ति सार्वजनिक सेवामा प्रवेश गर्नेप्रति आफू विश्वस्त रहेको जानकारी दिइन् । त्यस्तै आयोगले परीक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानु पर्नेमा उनले जोड दिइन् । राष्ट्रपति भण्डारीले आयोगले योग्यता, निष्पक्षता र स्वच्छतालाई ध्यानमा राखेर आफ्ना कार्यलाई शुरुमै सार्वजनिक गरी काम गर्नु सफलताको कडी भएको विश्वास व्यक्त गरिन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x