प्रदेश सरकारको बजेट आज प्रदेशसभामा प्रस्तुत हुने
काठमाडौं, १ असार । दोस्रो पटक सातवटै प्रदेशले आज प्रदेश सरकारको बजेट सार्वजनिक गर्दैछन् । आज दिउँसो प्रदेशका अर्थमन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
प्रदेश सरकारहरुले निर्माण गरेको नीति तथा कार्यक्रमको आधारमा रहेर बजेट निर्माण भएको जानकारी दिइएको छ । जसमा प्रदेशहरुले पर्यटन, कृषि, पूर्वाधार, ऊर्जा, उद्योग तथा दीर्घकालीन महत्व तथा प्रादेशिक महत्वको आयोजना प्राथमिकतामा राखेका छन् ।
प्रदेशहरुले मध्यमकालीन खर्च संरचनाका आधारमा बजेट ल्याउने तयारी गरेको बताइएको छ । संघीय सरकारले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरिसकेको छ ।