Shangrila

साताव्यापी युरोप भ्रमण गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो विदेश भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । गत जेठ २५ गते युरोप प्रस्थान गरेका ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलगायतले स्वागत गरेका छन् ।

त्यस्तै भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को शतबार्षिकी समारोहमा सम्बोधन गरी बेलायत र फ्रान्सको भ्रमण गरेका थिए । जेनेभाबाट बेलायत पुगेका ओलीले त्यहा आफ्ना समकक्षी थेरेशा मे, राजकुमार ह्यारीसहित बिशिष्ट ब्यक्तिहरुसँग भेटबार्ता पनि गरेका थिए ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *