Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राजमार्ग सुधारका लागि बजेटको अभाव हुन नदिने अर्थमन्त्रीको भनाइ

राजमार्ग सुधारका लागि बजेटको अभाव हुन नदिने अर्थमन्त्रीको भनाइ

काठमाडौं,३२ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजमार्ग सुधारका लागि बजेट अभाव हुन नदिने बताएका छन् । शनिबार धुञ्चेमा आयोजित स्थानीय तहका पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले चीनसँगको सडक कनेक्टिभिटि विस्तार एव नाका जोडने सडको स्तरउन्नती सुधार सरकारको उच्च प्राथामिकतामा रहेको बताएका हुन । खतिवडाले रसुवागढी अन्तर्राष्ट्रिय नाकाको रूपमा रहेको बेत्रावतीबाट मैलुङतर्फको नयाँ र धुञ्चे, स्याफ्रुवेशीतर्फको दुवै राजमार्ग सुधारका लागि बजेटको अभाव नहुने प्रतिवद्धता जनाए ।

“बेत्रावती मैलुङ र धुञ्चेतर्फका दुवै राजमार्ग सुधार, स्याफ्रुवेशी, बेत्रावती शुरूङ मार्ग तथा चीनबाट रेल ल्याउनेजस्ता विषय सरकारको उच्च प्राथमिकतामा राखेको छ , कार्यान्वयनमा यहाँहरुको पनि उत्तिकै सहयोग रहने छ । खतिवडाले भने

कार्यक्रममा सहभागी जनप्रतिनिधिले धुञ्चे–गोसाइँकुण्ड केवुलकार निर्माणमा सहज वातावरण बनाई कार्यान्वयनमा लैजान, विकट स्थान रहेको आमाछोदिङ्मो गाउँपालिकालाई विकासको अनुदान बजेट थप गर्न, कालिका गाउँपालिकामा औद्योगिक ग्राम स्थापना, थुमनमा दृश्यावलोकन स्तम्भ निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरेका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x