Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

प्रति सांसद ३ करोड छुट्याउदैं प्रदेश २ ले ल्यायो ३८ अर्ब बढीको बजेट

प्रति सांसद  ३ करोड छुट्याउदैं प्रदेश २ ले ल्यायो ३८ अर्ब बढीको बजेट

धनुषा,१ असार ।  प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ ।  प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले बजेट पेस गरेका हुन्। बजेटले केन्द्रको सिको गर्दै निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमका लागि प्रदेश संसदहरुलाइ समेत बजेट छुट्याएको  छ। जस अनुशार प्रदेशसभामा निर्वाचित सांसदलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड छुट्ट्याएको छ।

विनियोजित बजेटमा पुँजीगत खर्चतर्फ १९ अर्ब २६ करोड ६४ लाख र चालु खर्चतर्फ १९ अर्ब ११ करोड ९७ लाख रुपैयाँ रहेको छ । बजेटमा चालु खर्चको अंश ४९.७३ प्रतिशत, पुँजीगत खर्चको हिस्सा ४९.७५ र वित्तीय व्यवस्थातर्फ ०.५२ प्रतिशत रहेको छ ।

मुख्यमन्त्री स्वच्छता अभियानका लागि रु ३१ करोड ३३ लाख, मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि रु २० करोड छुट्टयाएको छ । आठै जिल्लामा मझौला तथा साना सिंचाईका लागि रु १ अर्ब बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।प्रदेश सरकारले मठमन्दिर, मस्जिद, गुम्बाको संरक्षण र सम्बर्द्धन लागि रु ४० करोड विनियोजन गरेको छ । यसै गरी प्रदेश सरकारले यतायात सेवा संचालनका लागि रु ६ करोड रकम विनियोजन गरेको छ । जनकपुरबाट वीरगंज र राजविराज बस संचालन गर्न ४ वटा बस खरिदका लागि उक्त रकम विनियोजन गरिएको हो । देश सरकारले गत वर्षबाटै सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ का लागि रु ३९ करोड ३३ लाख बजेट छुट्टयाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x