Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब १३ करोडको बजेट

गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब १३ करोडको  बजेट

कास्की, १ असार ।  गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँको बजेट ल्याएको छ।  प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्। विनियोजित बजेटमा चालु खर्चतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार छुट्ट्याइएको छ। कुल बजेटको ६२ प्रतिशत पुँजीगततर्फ र ३८ प्रतिशत चालु खर्चतर्फ विनियोजन छ ।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ४ अर्ब २७ करोड ७५ लाख र चालु आवमा खर्च हुन नसकी बाँकी हुने अनुमानित ४ अर्ब ८० करोड रुपैयाँ परिचालन गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी समानीकरण अनुदानबाट ७ अर्ब ११ करोड २२ लाख, सशर्त अनुदानबाट ५ अर्ब ३५ करोड १६ लाख, समपूरक अनुदानबाट ७५ करोड, विशेष अनुदानबाट ७५ करोड, राजस्व बाँडफाँटबाट ७ अर्ब ७० करोड ५१ लाख र रोयल्टी बाँडफाँटबाट ४० करोड रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ। बजेटमा अपुग स्रोत व्यवस्थापनका लागि ९८ करोड ८३ लाख ९२ हजार आन्तरिक ऋण उठाउने र १ अर्ब रुपैयाँ संघीय सरकारबाट ऋण लिइने बजेटमा उल्लेख छ।

बजेटमा चालु आवमा निर्णय सुरु भएका सडक र पुललाई क्रमागत रुपमा निर्माण गर्दै लैजान ८ अर्ब १८ करोड छुट्याइएको छ । मुख्य प्रशासनिक केन्द्र, प्रदेशसभा भवन, प्रदेश प्रशिक्षण प्रतिष्ठान र प्रमुख पदाधिकारी आवास निर्माण यसै वर्ष सुरु गर्ने गरी १ अर्ब ७० करोट बजेट विनियोजन गरिएको छ । यस्तै निर्वाचन क्षेत्र पूर्वाधार जिकास कार्यक्रमका लागि ७२ करोड विनियोजन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *