Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

संसद्मा सम्बोधन गर्न नपाएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री

संसद्मा सम्बोधन गर्न नपाएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएको भन्दै साझ पत्रकार सम्मेलन गर्ने ट्वीटमार्फत् जानकारी गराएका छन् । प्रतिपक्षी दल नेपाली काँग्रेसको यस्तो अवरोध आफू दुःखी भएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीटरमा लेखेका छन्– ‘समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइनँ । यस घटनाबाट म दुःखी भएको छु ।’

प्रतिनिसभाको आजको बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधनका लागि समय दिएपछि प्रतिपक्षी काँग्रेसका सांसद्ले रोष्ट्रम घेराउ गरेपछि बैठक स्थगन भएको थियो । प्रधानमन्त्री ओलीले सोही विषयमा आज साँझ पत्रकार सम्मेलन गरेर आफ्नो भनाई सार्वजनिक गर्दैछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x