Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर कारोबारमा नियमितजसो उतारचढाव, आज २.२३ अंकले गिरावट

सेयर कारोबारमा नियमितजसो उतारचढाव, आज २.२३ अंकले गिरावट

काठमाडौं, ३ असार । पछिल्लो समय सेयर कारोबारमा लगातार गिरावट आउन थालेको छ । साताको दोस्रो कारोबार दिन हिजो झिनो अंकले बृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २.२३ अंकले गिरावट आएको हो । गत जेठ ५ गते १ अर्ब भन्दामाथिको सेयर कारोबार भएकोमा असार लागे यता दिन प्रतिदिन कारोबारमा गिरावट आएको छ । आज सेयर कारोबार ३५ करोड ९४ लाख ११ हजार ३०५ रुपैयाँको भएको छ ।

आसार महिनाको तेस्रो दिनको सेयर कारोबार १२५८.६६ विन्दुमा बन्द भएको छ । आज १ सय ७७ कम्पनीको १२ लाख २६ हजार ६८४ कित्ता सेयर खरिद–विक्री भएको छ । त्यस्तै सबैभन्दा बढी सेयर कारोबार तारागाउँ रेजेन्सी होटेल लिमिटेडको भएको छ । उक्त होटेलको सेयर कारोबार ४ करोड २४ लाख भन्दा बढी भएको छ ।

त्यस्तै सबैभन्दा बढी कमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रेहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा समता लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रहेका छन् । नेप्सेमा सूचिकृत ११ समूहमध्ये ३ समूहको उपसूचकमा बृद्धि भएको छ भने अन्य सबै समूहको उपसूचकमा गिरावट आएको छ । उपसूचक बृद्धि हुने समूहमा बैंकिङ्ग ०.०४ प्रतिशत, विकास बैंक ०.०९ प्रतिशत र माईक्रोफाइनान्स ०.३४ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x