चौतर्फी विरोध पछि अन्तत सरकारले फिर्ता लियो गुठी विधेयक

काठमाडौं, ३ असार । संसदमा दर्ता गरेको गुठि विधेयकलाई लिएर चौतर्फि दवाव बढेपछि अन्तत् सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।
विधेयक राष्ट्रियसभामा दर्ता भएपनि गुठी मास्ने गरी विधेयक आएको भन्दै चौतर्फी विरोध भइरहेको थियो । विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले बताइन् ।