Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पेट्रोलियम पदार्थबाट उठाइएको ५ रुपैयाँ मुआब्जा वितरणमा खर्च भयो : ऊर्जामन्त्री पुन

पेट्रोलियम पदार्थबाट उठाइएको ५ रुपैयाँ मुआब्जा वितरणमा खर्च भयो : ऊर्जामन्त्री पुन

काठमाडौं, ३ असार । उर्जामन्त्री वर्षमान पुनले पेट्रोलियम पदार्थबाट उठाइएको ५ रुपैयाँ रकम मुआब्जा वितरणमा खर्च भएको बताएका छन् । मंगलबार लेखा समितिको बैठकमा सांसदहरुले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले उठाएको रकम कहाँ खर्च भयो भनेर चासो राखेपछि ऊर्जामन्त्री पुनले २५ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च गरेको बताएका हुन् ।

बुढीगण्डकी आयोजनाका प्रभावित क्षेत्रका ६४ हजार जनता विस्थापित हुने भन्दै उनले तीमध्ये गोरखा क्षेत्रलाई मात्र २५ अर्ब रुपैयाँ बराबरको मुआब्जा बाँडिएको जानकारी दिए । मन्त्री पुनका अनुसार ०७३ जेठ १६ देखि हालसम्म ५ रुपैयाँका दरले ३० अर्ब रुपैयाँ संकलन भएको छ ।

‘त्यसमध्ये २५ अर्ब रुपैयाँ मुआब्जा बाँडेर ५ अर्ब रुपैयाँ बाँकी छ र यो पनि मुआब्जामा नै खर्च गरिने उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x