लोकसेवाको विज्ञापन निरन्तरता दिने वा नदिने आज टुग्गो लाग्ने

काठमाडौं,४ असार । स्थानीय तहका लागि लोकसेवा आयोगले आब्हान गरेको विज्ञापन रोक्ने वा नरोक्ने भन्ने विषय आज टुग्गो लाग्ने भएको छ । न्यायाधीशद्धय दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले सर्वोच्चमा विचाराधीन अन्य निवेदनलाई समेत सहभागि गराएर आज सुनुवाइ गर्ने भएपछि यस बारे आज टुग्गो लाग्ने भएको हो । आयोगले ५ सय १५ स्थानीय तहका लागि भएको विज्ञापन विवादमा सर्वोच्चमा अहिले ४ थान मुद्दा छन्। ३ थान मुद्दा पहिलो सुनुवाई भईसकेका छन् भने स्थानीय तहका कर्मचारीले हालेको निवेदन हिजो सुनुवाई भएको छ। समावेशी सिद्धान्त पालना नभएको र संसदको राज्य व्यवस्था समितिविरुद्ध दायर भएको निवेदनलाई स्थानीय तहमा कार्यरत रहेका कर्मचारीको निवेदनसँगै राख्दै सुनुवाई गर्ने आदेश हिजो जारी भएको छ । लोक सेवा आयोगले गत जेठ १५ गते देशभरका ५ सय १५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो।