Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रधानमन्त्री ओली भन्छन्,लोकतन्त्रलाई भड्काउने र बिथोल्ने काम भएको छ

प्रधानमन्त्री ओली भन्छन्,लोकतन्त्रलाई भड्काउने र बिथोल्ने काम भएको छ

काठमाण्डौ,३ असार । प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रलाई भड्काउने र बिथोल्ने काम भएको बताएका छन् । प्रधामन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले पटक–पटक लडेर ल्याएको लोतन्त्रलाइ खतारमा धकल्ने गरी त्यस्तो भड्काउमा नपर्न कांग्रेसलाई आग्रह गरेका हुन । प्रधानमन्त्री ओलीले भने ‘राजनीति शक्तिहरुलाई म आग्रह गर्न चाहन्छु । पटक–पटक जनताका अधिकार दरबारमा बुझाइएका इतिहास छन् । आवेश, उत्तेजना र भावनामा बगेर त्यस्ता घटना नदोहोर्याउँ ।’

लोकतान्त्रिक भनिने नेपाली कांग्रेसले हरेक क्षेत्रमा निहुँ खोज्ने मात्रै काम गरिरहेको भन्दै मंगलबार प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गरेको प्रधानमन्त्रीको भनाई छ ।

संसदमा आज भएको घटना प्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले ओलीले संसारभरको संसदीय प्रक्रियाविपरित कांग्रेसले संसदमा अमर्यादित क्रियाकलाप गरेको बताएका छन् ।  पहिले नै आफूले बोल्ने समय लिइसकेको र संसारभरको अभ्यास पनि त्यस्तै रहेकाले मंगलबार कांग्रेसले देखाएको व्यवहार संसदीय मर्यादाविपरीत रहेको ओलीको भनाइ छ ।  

 ‘प्रधानमन्त्रीले बोल्ने भनेर पहिले समय तय भएकोमा कांग्रेसले पहिले बोल्न पाउनुपर्छ भनेर अड्डी लिनु जायज नभएको बताउदै प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता शेरबहादुर देउवा आफैले नेतृत्व गरेर आफै पहिले बोल्न पाउनुपर्छ भनेर आउँदा आफू आश्चर्यचकित भएको बताए । ‘शेरबहादुर देउवा आफैले नेतृत्व गरेर आफै पहिले बोल्न पाउनुपर्छ भनेर आउँदा म आश्चर्यचकित भएँ,’ प्रधानमन्त्रीले भने ‘उहाँलाई संसदीय मर्यादा ख्याल हुनुपर्ने हो ।  

 यस्तै लोकतन्त्रको चौंथो अंगको रुपमा रहेको संचार जगतले प्रयोग गर्ने भाषाको विषयलाई लिएर समेत प्रधानमन्त्री ओलीले तितो पोखेका छन् ।  उनले भने ‘अहिले टीभीले तपाईँ भन्न कसैलाई पनि जान्दैन, संस्कार बिर्सिसक्यो’, उनले थपे, यसले हामी कस्तो समाज सिर्जना गर्न चाहेका छौँ भन्ने प्रश्न उब्जाएको छ, हाम्रो समाजलाई कता लैजाने भन्ने हामीले नै हो ।’

संचार माध्य मात्र होइन उनले बुद्धिजिवि बर्ग तर्फ पनि कटाक्ष गर्दै भने ‘केही विद्वान भन्नेहरुले बोलेको सुनेको छु । बोलेको सुन्दा सरम लाग्छ । संस्कृतिको रक्षा भन्ने बोलेको हुन्छ तर त्यसभित्र अमर्यादा, अभद्रता हुन्छ’, ।

प्रतिपक्षि विरोधका कारण संसदमा संवोधन गर्न नपाएका ओलीले सिंह्यदरवारमा आएर पत्रकार सम्मेलन गरी आफ्नो युरोप भ्रमण समसमायीक राजनीति लगायतका विषयमा धारणा सार्वजनिक गरेका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x