माफी वा मन्त्रीले राजिनामा नदिए सम्म गुठी आन्दोलन नरोक्ने चेतावनी

काठमाडौं,४ असार । नेपाल राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सरकारको विधेयक फिर्ता गर्ने घोषणा आइसक्दा पनि आन्दोलन स्थगन नगर्ने बताएको छ । आन्दोलनको विषयमा संचार मन्त्री गोकुल वास्कोटा र भुमिसुधार मन्त्री पद्मा अर्यालले दिएको अभिव्याक्ती खेद जनक रहेको भन्दै विधेयक फिर्ता लिएपनि संचारमन्त्रीको राजिनामा दिनुपर्ने वा माफि माग्नु पर्ने समितिको माग छ । ‘स्वतस्फुर्त बढेको आन्दोलनलाई भाडाका मान्छेहरुले गरेको भनेर लाञ्छना लगाउने काम सरकारका मन्त्रीहरुबाट भएको छ। त्यसैले सम्वन्धित मन्त्रीहरुले हामीसँग माफी नमागेसम्म आन्दोलन नरोक्ने समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले जानकारी दिएका छन् । यता सरकरकाले भने लोकतन्त्र मास्न भडकाउन खोज्नेहरु आवद्धता यस आन्दोलनमा रहेको बताएको छ ।