Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एनआईसी एशिया र राष्ट्रिय बीमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता

एनआईसी एशिया र राष्ट्रिय बीमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ४ असार । एनआईसी एशिया बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २ सय ८४ वटै शाखा कार्यालयहरुबाट बीमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका छन् । बैंकले हाल मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् करिब १६ लाख ग्राहकहरूलाई वित्तीय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x