Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

अमेरिकी राष्ट्रपतिले थाले चुनावी अभियान

अमेरिकी राष्ट्रपतिले थाले चुनावी अभियान

काठमाडौं, ४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनको लागि चुनावी अभियानको घोषणा गरेका छन् । फ्लोरिडामा हजारौं समर्थकहरुको भेला माझ ट्रम्पले चुनावी प्रचारको औपचारिक घोषणा गरेका हुन् ।

समर्थकलाई सम्बोधन गर्ने क्रममा उनले फ्लोरिडालाई आफ्नो दोस्रो घर बताए । त्यस्तै उनले विपक्षी डेमोक्रेटले देशलाई ‘विभाजन’ गर्न उद्दत रहेको आरोप पनि लगाए ।

सुरुवाती मतसर्वेक्षणमा ट्रम्प केही सम्भावित डेमोक्रेट प्रत्यासीभन्दा पछाडि देखिएका छन् । सम्बोधनमा ट्रम्पले अवैध आप्रवासीहरुमाथि कडाई गरिने उनको पुरानो वाचा पुनः दोहो¥याए । सन् २०१६ को निर्वाचनमा पनि उनले आप्रवासीको विरोधलाई प्रमुख मुद्दा बनाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x