Date

शनि, कार्तिक २९, २०८२
Sat, November 15, 2025

सेयर बजारमा सुस्तता, जम्मा ३० करोडको कारोबार

सेयर बजारमा सुस्तता, जम्मा ३० करोडको कारोबार

काठमाडौं, ४ असार । बुधबार सेयर कारोबारमा सुस्तता देखिएको छ । केहि दिनयता क्रमशः घट्दै आएको बजारमा बुधबार पनि ०.२० अंकले घटेको छ । कारोबार पनि एक सय ६९ कम्पनीको जम्मा ३० करोड ४१ लाख रुपैयाँ बराबरको मात्र भएको छ।

कारोबारमा बैंकिङ, होटल, हाइड्रोपावर, निर्जीवन बीमा, माईक्रोफाइनान्स र म्यूचुअल फन्ड उपसूचक ऋणात्मक छ भने विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन, जिवन बीमा र अन्यको उपसूचक सकारात्मक छ ।

एनआइसी एशिया बैंकको सबैभन्दा उच्च अर्थात २ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । प्रभु बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको पनि धेरै कारोबार भएको छ ।

असार लागेपछि बजार माथि जाने अनुमान गरिएको थियो । तर पछिल्लो समय झन सेयर बजार परिसूचकसँगै कारोबारमा पनि सुस्तता छाएको छ। यतिबेला बजारमा तरलताको अभाव हुनुका साथै लगानीकर्ता मौद्रिक नीतिको समेत प्रतिक्षामा रहेका कारण कारोबारमा सुस्तता छाएको विश्लेषण गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *