Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

१० महिनामा ७ खर्ब २५ अर्व विप्रेषण भित्रियो, ११ खर्ब ७८ अर्वको बस्तु आयात

१० महिनामा ७ खर्ब २५ अर्व विप्रेषण भित्रियो, ११ खर्ब ७८ अर्वको बस्तु आयात

काठमाडौं, ५ असार । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमि आएपनि चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाहमा १९.६ प्रतिशतले वृद्धि भई भएको छ । यो अवधीमा ७ खर्ब २५ अर्ब ३० करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको नोपल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय १९.४ प्रतिशतले वृद्धि भई ८ खर्ब २६ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.१ प्रतिशतले घटेको थियो ।

तर यो अवधीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ३८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६ प्रतिशतले घटेको थियो ।

आयात बढ्दो
त्यस्तै यो अवधीमा ११ खर्ब ७८ अर्ब १४ करोड रुपैयाँको बस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.८ प्रतिशतले बढेको थियो ।

सो अवधीमा मुलुकबाट ७८ अर्ब ५३ करोड रुपैयाँको बस्तु निर्यात भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x