Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जाखोर तालमा गुरुयोजना अनुसार काम सुरु

जाखोर तालमा गुरुयोजना अनुसार काम सुरु

धनगढी,५ असार । धनगढी उपमहानगरपालिका ७ मा रहेको जाखोर तालमा गुरु योजना अनुसारको पूर्वाधार निर्माण कार्य सुरु भएको छ । धार्मिक तथा पर्यटकिय स्थल जाखोरताल क्षेत्रको विकासका लागि धनगढी उप–महानगरपालिको गुरु योजना परामर्शदाता रेडिको प्रा.लि. काठमाण्डौंको तयार गरेर गत चैतमा हस्तान्तरण गरेको थियो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले गुरु योजना अनुसार निर्माण पूर्वाधार निर्माण कार्य सुरु भइसकेको बताए । नगरप्रमुख वडले जाखोरतालमा निर्माण हुने सबै पूर्वाधार गुरु योजनामा टेकेर निर्माण हुने बताए । जाखोर तालको पूर्वाधार निर्माणका लागि झण्डै साढे ५ करोडको टेन्डर मार्फत काम सुरु भएको उप–महानगरपालिकाका डिभिजनल ईन्जीनियर दिजराज भट्टले बताए । गुरु योजना अनुसार निर्माण गरिने सबै संरचना तयार हुन करिब २४ करोड रुपैयाँ आवश्यक पर्ने ईन्जीनियर भट्टले जानकारी दिए । अहिले तालको वरिपरीको ट्रयाक निर्माण भइरहेको छ ।

गुरु योजनामा जाखोर ताल परिसरमा मन्दिर नजिक धर्मशाला, चिल्ड्रेन पार्क, पार्किङ स्थल, संस्कृति देखाउन संग्रहालय प्रस्ताव गरिएको छ । यसैगरी, दुई वटा प्रवेशद्वार, जाखोर र मुरफट्टी तालको बीचमा पिकनिक स्थल, मेला स्थल प्रस्ताव गरिएको छ । जाखोर तालको साँघुरो ठाउँमा झोलुङ्गे पुल, तालको उत्तरतर्फ शिवको मूर्ति परिकल्पना गरिएको छ । यसैगरी, जाखोर ताल, मुरफट्टा र मुरफट्टी ताललाई जोडेर पद्मार्ग बनाउने, त्यसको छेउमा साइकल ट्रयाक पनि रहने जनाइएको छ ।

प्रस्ताव गरिएको १४ वटा संरचना निर्माणका लागि भ्याटबाहेक १५ करोड ७७ लाख चार हजार ८६१ रुपैयाँ बजेट आवश्यक हुने परामर्शदाता किशोर थापाले बताए । उनका अनुसार धर्मशाला र संग्रहालय निर्माणका लागि थप दुई करोड रुपैयाँ आवश्यक पर्न सक्छ । सबै गरेर करिब २४ करोड रुपैयाँ आवश्यक पर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x