Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

डिजीटल वालेट सुविधा प्रदान गर्न सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे बीच सम्झौता

डिजीटल वालेट सुविधा प्रदान गर्न सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे बीच सम्झौता

काठमाडौं, ५ असार । सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे बीच (डिजीटल वालेट) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरेका छन् ।

सांग्रिला बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स सुविधाहरु दिंदै आएको छ । यस सुविधा अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम खल्तीमा लोड गरी मोबाइल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

उक्त सेवालाई बैंकको शाखाहरुमा काउन्टरबाट डिपोजिट फर्म भरेर पनि यो सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *