Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

काठमाडौं–केरुङ रेलमार्गको डिपीआर निर्माणबारे चीनमा छलफल

काठमाडौं–केरुङ रेलमार्गको डिपीआर निर्माणबारे चीनमा छलफल

काठमाडौं, ५ असार । काठमाडौं –केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न चीनमा रहेको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले आज चिनियाँ नेशनल रेल्वे अथोरिटिका अधिकारीसंँग छलफल गर्नेछन् । दुईदेशका अधिकारीबीच हुने छलफल काठमाण्डौ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणमा केन्द्रित हुने बुझिएको छ ।

चिनियाँ टोलीले सो रेलमार्गका बिषयमा अध्ययन गरी प्रारम्भिक प्रतिवेदन समेत बुझाईसकेको छ । गत वैशाखमा राष्ट्रपति बिद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा काठमाण्डौ–केरुङ रेलमार्ग निर्माणको डिपीआर निर्माणको कार्यलाई तत्काल अघि बढाउने विषयमा छलफल भएको थियो । त्यसलगत्तै नेपाली टोलीले चिनियाँ अधिकारीसँग सोही विषयमा छलफल गर्न लागेको हो ।

यो बीचमा दुबै देशका अधिकारीहरुबीच चरणबद्ध रुपमा छलफल समेत भएकाले आजको छलफलबाट डिपीआर निर्माणका लागि ठोस निर्णय आउने अपेक्षा गरिएको छ । छलफलका लागि भौतिक पुर्वाधार तथा यतायत मन्त्रालयका सचिव देबेन्द्र कार्कीको नेतृत्वमा रहेको ७ सदस्यीय नेपाली प्रतिनिधिमण्डल चीन पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x