नक्कली विजकबाट राजश्व छलि गर्ने १५ जना विरूद्ध मुद्दा दायर

काठमाडौं,७ असार । सरकारले राजश्व छलि गर्ने ११ जना विरुद्ध राजश्व छलि विरुद्ध मुद्दा दायर गरेको छ । निम्न आर्थिक अवस्था भएका व्यक्तिका नाममा कम्पनी दर्ता गरेर नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलबाट कारोबार गरी राजस्व छली गर्ने १५ विरुद्ध सरकारले करिब तीन अर्ब रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।
उनिहरु माथि राजस्व अनुसन्धान विभागले नक्कली बिजक तयार गरी राजस्व छलेको आरोप लगाएको छ । विभागले सुनसरी इनरुवा–९ घर भई भक्तपुर ठिमी बस्ने गोपालप्रसाद भट्टराई, रिम्बरध्वज कार्कीसहित १५ जनाविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो। दायर गरेको अभियोगपत्रमा दुई अर्ब ९८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरी तीन वर्ष कैद र बिगोको दुई गुणा जरिवाना माग दाबी गरिएको छ। भट्टराई र कार्कीले निम्न आर्थिक अवस्था भएका व्यक्तिलाई आर्थिक प्रलोभनमा पारेर कम्पनी दर्ता गरेका हुन्। ती व्यक्तिका नाममा दर्ता भएका कम्पनीको आर्थिक कारोबार भने भट्टराई र कार्कीले गर्दै आएका थिए।