Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुनको भाउँ बढेपछि पसलमा किन्ने भन्दा बेच्नेको भिड, बढने क्रम अझै जारी रहने संकेत

सुनको भाउँ बढेपछि पसलमा किन्ने भन्दा बेच्नेको भिड, बढने क्रम अझै जारी रहने संकेत

काठमाडौं,७ असार । सुनको मुल्य अहिले सम्मकै उच्च भएपछि सुन किन्ने भन्दा पनि बेच्नेको भिड सुन पसलमा लाग्न थालेको छ । पछिल्ला केहि दिन यता लगातार उक्कालो लागेको सुनको मुल्य शुक्रबार ६५ हजार रुपैयाँमा कारोबार भयो । तर सुन पसलमा कारोवारका लागि जानेहरु भने किन्न भन्दा पनि आफु सँग भएको सुन बेच्न बढी पुगेका थिए ।

गणपति ज्वलर्सका संचालक एवम नेपाल जेम एण्ड ज्वालरी एसोशिएसनका महसचिव शक्ति कुमार बेगानी दुई दिन यता सुनको किन्ने काम लगभव ठप्प जस्तो भएपनि बेच्नेहरुको बढी आउने गरेको बताउछन् । “सुनको मुल्य उच्च भएपछि बेचको सुन पुन किन्नु पर्ने अवस्था आएको छ । पसलमा किन्ने भन्दा पनि सुन बेच्च आउनेहरुको संख्यमा बढोत्तरी भएको छ”,  बेनगीनि भन्छन् । वेगानीका अनुशार दैनिक सुनचादी पसलमा दैनिक १०,१५ जाना सुन बेच्न आउने गरेको र न्युरोडका अधिकांश सुन पसलहरु किन्ने भन्नदा पनि बेच्ने नै आइरहेका । सुनको खरिद मुल्य र विक्रि मुल्य एउटै कायम गरिने हुँदा सुन सस्तोमा सुन लिएको भएपनि अहिलेकै मुल्यमा सुन किन्नु पर्ने अवस्थ रहेकाले सुनको मुल्य बढदै जाने र बेच्नेहरुको संख्या बढदै गए ब्यवसायीहरु थप समस्यमा पर्न सक्ने उनको बेगानीको भनाइ छ ।

किन बढ्यो त सुन ?

सुनको बजार मुल्य बढनुमा मुख्य भूमिका नेपालको अन्तरीक बजार एव विषय भन्दा  अन्तराष्ट्रिय बजारको प्रभाव रहने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्नुको मुख्य कारणमा अमेरिकीमा ब्याजदर नबढनु, चीन र भारत जस्ता देशरुमा सुनको खरिद उच्च बन्दै जानुका साथै चीन र अमेरिकाबीच भएको व्यापार टकराव लगायतका विषय रहेका छन् ।पछिल्लो समय अमेरिकाको इरानसँग द्वन्द्व बढेको छ।  यसले विश्वका लगानीकर्तामा अन्यौल बढेको र उनीहरू धमाधम सुनमा लगानी गर्न थालेका छन् ।

बेगानीका अनुशार ‘जब शक्तिराष्ट्रको विवाद बढ्छ, तब लगानीकर्ताहरू आफ्नो पुँजी सुनमा लगानी गर्छन्, यता चिन भारत लागायतका देशहरू पनि सुनको खरिद बढेको छ उनि भन्छन् ‘यसले एक्कासि बजारमा माग बढ्दा मूल्य पनि बढ्न जान्छ। यसले गर्दा पनि सुनको भाउँ बढदै गएको हो ।

अमेरिकाको फेडरेसन रिजर्भ बैंकले तत्काल ब्याजदर नबढाउने निर्णय गरेकाले पनि सुनको मूल्यमा असर परेको हो। ‘ब्याज नबढ्ने भएपछि बैंकमै पैसा राख्नुभन्दा सुनमा लगानी गर्नु फाइदाजनक हुन्छ,’ उनले भने, ‘यसले सुनको मूल्यमा थप चाप परेको छ।’ अमेरिका र चीन  व्यापार युद्धमा पनि यसको अर्को मुख्य कारणको रुपमा रहेको छ । जुनसुकै बेला बेच्न सकिने सुनलाई नगदजस्तै तरल पुँजीका रूपमा लिइन्छ। यसलाई सबैभन्दा सुरक्षित लगानीको माध्यमको रुपमा पनि लिने गरिन्छ ।बजार देखिएको सुनको मुल्यमा हुँदै आएको बृद्धि अझ केही दिन जारी रहन सक्ने अनुमा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x