Date

बुध, फाल्गुन २८, २०८१
Wed, March 12, 2025

रोकिएन रकमान्तर, कुरामा सिमित वित्तीय अनुशासन

रोकिएन रकमान्तर, कुरामा सिमित वित्तीय अनुशासन

काठमाडौं, ७ असार । बजेट कार्यान्वयन निर्देशिकामा प्राकृतिक प्रकोप, दैबि विपत्ति जस्ता आकस्मिक अवस्थामा बाहेक बजेट रकामान्तर गर्न नपाइने उल्लेख छ । तर आर्थिक बर्ष सकिनै लाग्दा सरकारले आर्थिक अनुशासन उल्लंघन गर्दै शक्तिशाली नेताका क्षेत्रमा बजेटको पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल लगायतका शक्नी शाली नेताहरुकै गृह जिल्ला एव निर्वाचन क्षेत्रमा रकमान्तर गरेर बजेट पठाइएकोछ गरिएको छ ।

 प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा मात्र ३२ करोड रूपैयाँभन्दा बढी रकम रकमान्तर गरी निकासा गरिएको छ । सडक निर्माणका लागि रकामान्तर गरिएको बताइएको छ । यस्तै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गृह जिल्ला चितवनमा २१ करोड रुपैयाँ रकमान्तर गरेर पठाइएको छ । त्यो रकम पनि सडकै लागि रकामान्तर गरिएको देखिन्छ ।  यसै गरी भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको गृह जिल्ला धनुषामा व्यापारिक मार्ग विस्तारका नाममा रकमान्तर गरेर ४३ करोड रुपैयाँ निकासा दिइएको छ । यस्तै आर्थिक बर्ष सकिनै लाग्दा शक्ति शाली नेता एव प्रशासकहरुको क्षेत्रमा रकमा पठाउन दवाव दिएका छन बजेटमा बिनियोजन नगरिएका कार्यक्रमा बजेट निकासा गरिएको छ ।

अर्थ मन्त्रालयको तथ्याङ्क अनुशार गएको वैशाख र जेठमा मात्रै २० अर्ब ३९ करोड ६० लाख रुपैयाँ रकामान्तर भएको देखिन्छ । यसै गरी दण्ड पीडित राहत एव विभिन्न ब्याक्तीको उपचारको नाममा नाममा जेठ महिनामा राज्यकोषबाट ३९ करोड ६५ लाख रुपैयाँ वितरण गरिएको छ । असार लागेपछि विकास खर्च प्रवृति समेत यसपालि पनि रोकिएको छैन एक दिनमै १ अर्बभन्दा बढी भुक्तानी दिन सुरु गरिएको छ । सवै बजेट सकाउनका लागि दैनिक ८ अर्ब बढी खर्च गर्न पर्ने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x