राष्ट्रिय बाणिज्य बैंकको मुगुम शाखाबाट कारोबार सुरु
काठमाडौं, ९ असार । राष्ट्रिय वाणिज्य बैंकले मुगुको मुगुम कार्मारोङ्ग शाखाबाट कारोबार शुभारम्भ गरेको छ।
यो सँगै बैंकको ७ प्रदेश, ७७ जिल्लामा २ सय २० वटा शाखा कार्यालय पुगेको छ। यसबाहेक १ सय ७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग कार्यालय पनि संचालनमा रहेको जानकारी दिइएको छ।