एनएमबि र ओम बैंकलाई गाभिन राष्ट्र बैंकको स्वीकृति
काठमाडौं, ९ असार । नेपाल राष्ट्र बैंकले एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जर (गाभिन)का लागि स्वीकृति दिएको छ। राष्ट्र बैंकले आइतबार मर्जरको लागि सैद्धान्तिक सहमति दिएको हो ।
दुवै बैंकले आगामी आर्थिक वर्ष सुरु भएको केही समयमा नै एकीकृत कारोबार गर्ने गरी काम अघि बढिरहेको जनाएका छन् ।उक्त मर्जरको लागि स्वाप रेसियो र डीडीए रिपोर्ट अनुसार विवरणहरु अंकित गरिने दुई बैंकबीच यसअघि नै सहमति भइसकेको छ।
मर्जर पश्चात बैंकको कुल पुँजी तथा जगेडा कोष २० अर्ब ४२ करोड, निक्षेप १ खर्ब १९ अर्ब १३ करोड र कर्जा १ खर्ब १० अर्ब रुपैयाँ पुग्नेछ।