एभरेष्ट बैंकका ग्राहकले धनगढीको सीपी हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने
काठमाडौं, ९ असार । एभरेष्ट बैंकका ग्राहकले धनगढीको सीपी हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले बेड चार्ज, डाइग्नोस्टिक (इन हाउस), सर्जरी, प्रोसीड्यूर र फार्मेसीमा १० प्रतिशत सम्म छुट पाउँने उल्लेख छ ।
त्यसका लागि एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाउनुपर्ने छ । हाल बैंकको ग्राहक संख्या १० लाख भन्दा बढि रहेको जानकारी दिइएको छ । त्यस्तै देशभर ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १सय १९ एटिएम काउन्टरहरु संचालनमा छन् ।