Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

व्यवस्थापन नसुधारे वायुसेवा निगमलाई सहयोग गर्न सकिन्न्: प्रधानमन्त्री ओली

व्यवस्थापन नसुधारे वायुसेवा निगमलाई सहयोग गर्न सकिन्न्: प्रधानमन्त्री ओली

काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमले आफ्नो व्यवस्थापन सुधार नगरे आर्थिक सहयोग गर्न सक्ने बताएका छन् । निगमको ६१ औं वार्षिकोत्सव समारोहमा उनले यथास्थितिमा निगमलाई सरकारले सहयोग नगर्ने बताएका हुन ।

निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने भन्दै उनले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्न गरे । निगम अहिले ३७ अर्ब रुपैयाँ घाटामा छ ।

पछिल्लो समय वाइड बडी जहाज किन्न कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता तिर्न नसके पछि निगमले सरकारसँग बजेट माग्दै आएको छ। ‘जहाज छन् तर उडाउने पाइलट छैनन् । गन्तव्य छैन, कहाँ उडाउने टुंगो छैन। भद्रगोल व्यवस्थापन छ। यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्‍यो। आफैं सक्ने भए छिटो गर्न पर्यो’ प्रधानमन्त्री उनले भने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x