सेयर बजारमा १५.६२ अंकको बृद्धि
काठमाडौं, १८ असार । बुद्यबार सेयर बजारमा सुधार देखिएको छ । बुद्यबार सेयर बजार मापन गर्ने नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा १५.६२ अंकले बढेर १२६८.६८ को बिन्दुमा बन्द भएको छ ।
यस दिन बजारमा १ सय ७४ कम्पनीको ५५ करोड, २ लाख ४७ हजार ८ सय १३ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका ११ समूह मध्ये सबैको उपसूचकमा बृद्धि भएको छ । त्यसमा सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक ९४.९३ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै निर्जीवन बीमा समूहको उपसूचक ९३.४१, माइक्रोफाइनान्स समूहको उपसूचक २६.०२ अंकले बढेको छ।
नेप्से बढेको दिन सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको ४ करोड ५३ लाख ३१ हजार ८ सय ७० रुपैयाँको कारोबार भएको छ । सूर्योदया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने रिलायन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
हिजो पनि सेयर बजारमा दोहोरो अंकले बृद्धि भएको थियो ।