सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा पुनः केडिया चयन
काठमाडौं, १८ असार । सिद्धार्थ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा रतनलाल केडिया चयन भएका छन् । कम्पनीको १४९ औं बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।
केडिया यस अघि पनि अध्यक्ष थिए । असार जेठ १३ गते सम्पन्न कम्पनीको १७ औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरुमा रतनलाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि निर्बिरोध निर्वाचित गरेको थियो ।