Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आफन्तलाई जागिर खुवाउँदा त्रिवि सेवा आयोगका पदाधिकारी अख्तियारको फन्दामा

आफन्तलाई जागिर खुवाउँदा त्रिवि सेवा आयोगका पदाधिकारी अख्तियारको फन्दामा

काठमाडौं,१८ असार । आफन्तलाई जागिर खुवाउँदा त्रिवि सेवा आयोगका पदाधिकारी अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वबिद्यालयमा प्राध्यापक र कर्मचारीहरु भर्ना गर्ने निकाय त्रि वि सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा लगायत १० जना उपर परीक्षाको परीणाम फेरवदल गरेको कसुरमा विशेष आदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।  अख्तियारले सेवा आयोगका अध्यक्ष शर्माका साथै  सदस्य चिन्तामणी पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोईरालाल सेवा आयोगका मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सह-प्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षत्री गरी दश जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायार गरेको छ ।

पदीय मर्यादा अनुरुप आफुले पूरा गर्नुपर्ने दायित्व पुरा नगरी  त्रि वि वि का लागि कर्मचारी चयनका लागि भएको लिखित परीक्षाको परिणाममा फेरबदल गराएको देखिन आएकोले आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले गरेको अनुसन्धाबाट अनुतिर्ण भएका उम्मेदवारहरुलाई उतिर्ण गराइएको  र बढी नम्बर ल्याएकालाई घटाएको अख्तियारले फेला पारेको छ ।  ती मध्ये २ जनाको प्रथम र दोश्रो दुवै पत्रमा अङ्क थपेको पाईयो भने अन्य ८ जनाको दोश्रो पत्रको उत्तरपुस्तिकामा २ देखि ३० अङ्क सम्म थप गरी नतिजा फेरबदल गराएको र एकजनालाई १० अङ्क घटाई नियतवस मेरिटबाट हटाई अनुत्तिर्ण गराएको अख्तियारको दावी छ । आफुले चाहेका मान्छे भर्ति गर्न योग्य उम्मेदावारको नम्बर घटाइएको हो ।  त्रिभुवन विश्वविद्यालय सेवा आयोगको विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदहरुका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भएकोमा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मूख्य लेखा सहायक, मूख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ वटा पदहरुको लिखित परीक्षा संचालन गरिएको गरेको थियो ।

लिखित परिक्षा सार्वजनिक भएसगै त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालनमा चरम लापरबाही गरेको, त्रिवि सेवा आयोगमा अनियमितता भएको, परीक्षामा अनियमिता भएको भन्दै विद्यार्थीले प्राज्ञिज्ञ जगतबाट यसको विरोध हुँदै आएको थियो । संविधानले अन्य सार्वजनिक सेवाको पदपुर्ति लोकसेवा आयोगबाट गराउने प्रावधान राखेपनि शैक्षिक क्षेत्रमा भने वेग्ला वेग्लै सेवा आयोग मार्फत कर्मचारी भर्ना गर्ने ब्यवस्था गरेको छ । वेला वेला ति आयोगका कामकारवाही विवादित बन्दै आएका छन् ।  जसका कारण त्यास्ता आयोगको विश्वसनियता माथि प्रश्न उठने गरेको छ ।।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x