Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लाभकरका सम्वन्धमा एनसेलको पेशी आइतबारलाई सर्यो

लाभकरका सम्वन्धमा एनसेलको पेशी आइतबारलाई सर्यो

काठमाडौं, १८ असार ।  एनसेलको कर सम्बन्धी रिटमाथिको वहस असार २२ गते पेशी सरेको छ । बुधबार भएको बहस नसकिए पछि असार २२ गते आइतवारका लागि बहस सारिएको हो । पाँच जना न्यायाधिसको पूर्ण इजलासले बुधबार सुनवाई सुरु भएको भएपनि आज बहस सकिएन् ।

एनसेलले सरकारलाई बुझाउनु पर्ने लाभकरलाई लिएर सर्वोच्च अदालतमा रिट दायर भएको थियो। सर्वोच्चले अदातलले एनसेलले कति लाभकर तिर्नु पर्ने भन्ने फैसला बुधबार गर्ने तयारी गरेको थियो । ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड रुपैयाँ लाभकर तिर्नुपर्ने निर्णय गरेपछि एनसेल अन्याय भएको भन्दै सर्वोच्च गएको थियो । १४ अर्ब रुपैयाँ मात्र लाभकर तिर्नुपर्ने दावी एनसेलको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x