Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

सरकारलाई चित्त बुझेन आइफा अवार्ड रोक्ने संसदीय समितिको निर्देशन

सरकारलाई चित्त बुझेन आइफा अवार्ड रोक्ने संसदीय समितिको निर्देशन

काठमाडौ,१९ असार । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले होहल्लाको भरमा संसदीय समितिले आइफा अवार्ड रोक्न निर्देशन दिएको सरकारलाई उचित नलागेको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले बलिउड चलचित्रको अवार्ड (आइफा) कार्यक्रम गर्न दिएको सैद्धान्तिक सहमतिलाई अनावश्यक उचालेर के-के नै भइहाल्ने जसरी निर्देशन दिनु उचित नभएको बताएका हुन ।

‘आइफाको के भाथ्यो र सरकारले सैदान्तिक सहमति दिएको थियो,’ उहाँले भन्नुभयो, ‘संसदीय समितिले दिने निर्देशन विषयको गहिराइमा गएर दिनु पर्छ । होहल्लामा यतिकै भाषा जे पायो त्यही प्रयोग गरेर दिनु चै त्यति राम्रो होइन ।’ मन्त्री बास्कोटाले भने संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको थियो । आइफा अवार्ड निजि क्षेत्रको मामिला भएको सरकारले सैदान्तिक सहमती मात्र दिएको उनको भनाइ थियो । राज्य कोषको करोडौं रकम खर्च हुने भन्दै नागरिक स्तरबाट विवाद चुलिएपछि संसदीय समितिले आइफ अवार्ड नगर्न सरकारलाई निर्देशन दिएको थयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x