Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विषादी परिक्षण स्थगन,कृषिमन्त्री खनालले गरे मन्त्रीपरिषदमै निर्णयको विरोध

विषादी परिक्षण स्थगन,कृषिमन्त्री खनालले गरे मन्त्रीपरिषदमै निर्णयको विरोध

काठमाडौं,२१ असार । भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषदी परीक्षण तत्कालका लागि रोकिएको छ।भारतको चर्को दबाबपछि सरकार विषादी परीक्षण गर्ने निर्णयबाट पछाडि हटेको हो। तर सरकारले भने करेन्टाइनका लागि आवश्यक पूर्वधारको उपलब्ध कम हुदाँ असहज अवस्था सृजना भएको र केही महिनाका लागि मात्र रोकिएको बताएको छ । बिहीबारको मन्त्री परिषदको बैठकले विषादी परीक्षण हालका लागि रोक्ने निर्णग गरेको हो। तर उक्त निर्णयमा भने कृषि मन्त्री चक्रपाणी खनालले विरोध जनाएका थिए । मन्त्रालयले आवश्यक जनशक्ती र केन्द्रहरु स्थापना बढाउदै लगेको वेला विषादी परिक्षणको निर्णयबाट पछाडि फर्कदा राम्रो सन्देश नजाने भन्दै निर्णयको विरोध गरेका थिए ।

सिमामा तरकारी एव फलफुल रोकिदा आफ्ना किसानहरुलाइ असर परेको दुइपक्षिय ब्यपार र हितमा समेत असर पुगेको भन्दै तत्काल अवरोध हटाउन आग्रह गर्दै  भारतीय दुतावासले नेपाल सरकारलाई पत्र पठाएको थियो । पत्र आएसँगै दबाबका आएको भन्दै विषयमा मन्त्री यादवले कृषि मन्त्री चक्रपाणि खनालसँग छलफल गरेका थिए। कृषी मन्त्रीले भने मानव स्रोत प्रविधि बढाएर भएपनि विषादी परिक्षण निरन्तरता दिनु पर्ने अडान लिएका थिए ।  छलफल कुनै निश्कर्ष नपुगेपछि प्रधानमन्त्रीको आग्रहमा बाणिज्य मन्त्री यादवले लगेको प्रस्ताव मन्त्रीपरिषदबाट अनुमोदन गराइएको मन्त्रीपरिषद स्रोतले बताएको छ ।

सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी भारतसहित तेश्रो मुलुकबाट आयात हुने ताजा तरकारी र फलफूलको भन्सार विन्दुमै क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x