मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानीका लागि सम्झौता
काठमाडौं, २२ असार । मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र खल्तीका निर्देशक ध्रुब अधिकारीले आइतबार हस्ताक्षर गरेका हुन् ।
नायव प्रमुख कार्यकारी अधिकृत गुरुङका अनुसार सम्झौता भएसँगै बैंकका ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्ने छन् । सम्झौताले मुक्तिनाथ बैंकका ग्राहकहरुले कुनै सामान किन्दा बैंकबाट पैसा झिकेर खल्तीमा भुक्तानी गरिरहनु पर्ने झन्झट समाधान भएको खल्तीका निर्देशक अधिकारीले बताए ।
त्यस्तै सम्झौता अनुसार बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।