मर्जरमा जान १६ बाणिज्य बैंकहरुले लेखे राष्ट्र बैकलाई पत्र
काठमाडौं,२३ असार। राष्ट्र बैंकले मौद्रिक नीति अगाडि ठूला बैंक तथा वित्तीय संस्था गाभ्न आग्रह गरेपछि बणिज्य बैकहरुले मर्जरमा जान तयार रहेको जानकारी राष्ट्र बैंकलाइ पठाउन थालेका छन् । राष्ट्र बैकका अनुशार हाल सम्म १६ वाणिज्य बैंकहरूले मर्जरमा जान गरेको तयारी र भएको आन्तरिक गृहकार्यकाबारे बैकलाइ प्रतिवद्धता पत्र पठाइका छन् । राष्ट्र बैकले मौद्रिक नीति आउनुअघि मर्जरमा जान आग्रह गर्दै त्यसो गर्न नभए प्रतिवद्वता र मर्जरका लागि भएको तयारी बारे तत्काल जानाकरी पठाउन आग्रह गरेको थियो ।
यी हुन मर्जरमा जान तयार बैकहरू
लक्ष्मी, एनसिसी, सानिमा, एनएमबी, सनराइज, सिटिजन्स, सिभिल, माछापुच्छे, सेन्चुरी, नेपाल एसबिआई, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जान इच्छुक देखिएका छन्। यसैगरी, कुमारी, एनआइसी एसिया, हिमालयन, मेगा, साग्रिला डेभलपमेन्ट मेगा, बैंक पनि मर्जरमा तयार भएका छन् । जसको जानकारी र प्रतिवद्धता राष्ट्र बैंक समक्ष पठाएका छन् ।
केही दिन अघि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति आउनुअघि मर्जरमा जानका आग्रह गर्दै र त्यहीअनुसारको लिखित प्रतिवद्धता पेश गर्न आग्रह गरेका थिए। यसअघि गोलोवल आइएमी र जनता बैक विच मर्जरमा जान प्राराम्भिक सहमती भइसकेको छ ।