सेयर बजारमा झिनो अंकले सुधार
काठमाडौं, २४ असार । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार (आज) सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । साताको पहिलो र दोस्रो कारोबार दिनमा गिरावट आएको सेयर बजारमा आज २.९२ अंकले बृद्धि भई १२५०.२७ विन्दुमा रोकिएको छ ।
कारोबारमा आएका समूहमध्ये ४ समूहको उपसूचकमा गिरावट आएको छ । आज १ सय ६५ कम्पनीको १६ लाख ७ हजार ६ सय ७२ कित्ता सेयर खरिद–विक्री हुँदा ४६ करोड ८२ लाख ६३ हजार ७ सय ७० रुपैयाँ कारोबार भएको छ ।
त्यस्तै सबैभन्दा बढी सेयर कारोबार हुनेमा बैंकिङ समूह रहेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक ६ करोड २ लाख, लक्ष्मी बैंक ४ करोड १३ लाख, नेपाल बैंक २ कारोड ६८ लाख र एनआसी एशिया बैंक लिमिटेडको १ करोड ८९ लाख सेयर कारोबार भएको छ ।
त्यसैगरी सबैभन्दा बढी कमाउनेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रहेका छन् भने सुप्पोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले सबैभन्दा गुमाएका छन् ।