Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९’ साउन २७ र २८ गते हुने, मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक

‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९’ साउन २७ र २८ गते हुने, मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं, २४ असार । ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९’ साउन २७ र २८ गते काठमाडौंमा हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र बिशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा हुन लागेको उक्त सम्मेलनको मुख्य प्रयोजकको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहने छ । सम्मेलनमा मुख्य प्रायोजक बन्न बैंक र सम्मेलन आयोजक समितिबीच सम्झौता पनि भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले सम्मेलनमा मुख्य प्रायोजक भएबापत आयोजकलाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नुपर्ने बैंकले जनाएको छ ।

त्यस्तै उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री के.पी शर्मा ओलीले गर्ने छन् भने उद्यमशीलतामा रुची राख्ने युवा, विद्यार्थीहरु, लगानीकर्ताहरुलगायत विषय बिज्ञ गरी देशभरका १६ देखि ४० बर्ष उमेर समूहका करिब ३ हजार युवा उद्यमीहरुको सहभागीता रहने आयोजक समितिको आकलन रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x