Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

‘आईएमई पे’मा अब बिक्रेताहरुले चाहेको जस्तो विज्ञापन राख्न सक्ने

‘आईएमई पे’मा अब बिक्रेताहरुले चाहेको जस्तो विज्ञापन राख्न सक्ने

काठमाडौं, २४ असार । आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा सञ्चालित ‘आईएई पे’ मोबाईल एपमा अब बिक्रेता कम्पनीहरुले आफूले चाहेको जस्तो विज्ञापन राख्न सक्ने भएका छन् । आईएमई सोलुसनले आज उक्त एपमा सेवा थप गर्दै सेवाग्राहीहरुलाई बिक्रेता कम्पनीले सार्वजनिक गरेका अफरहरुको बाहेमा थाहा दिन यस्तो योजना सार्वजनिक गरेको हो ।

यसले सेवाग्राही र विक्रेता कम्पनीहरुलाई फाईदा पुग्ने आईएमई सोलुसनले विश्वास लिएको जनाएको छ । त्यस्तै विक्रेता कम्पनीहरुले आफूले चाहेको जस्तो अफरहरु सृजना गरेर आईएमई पे एपमा राख्दा उक्त एप प्रयोगकर्ताहरु कम्पनीको सेवा प्रति आकर्षित हुने आईएमई डिजिटलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x