Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

माथिल्लो तामाकोशी जलविद्युतको २ प्रतिशत मात्र काम बाँकी, माघ सम्म सक्ने योजना

माथिल्लो तामाकोशी जलविद्युतको २ प्रतिशत मात्र काम बाँकी, माघ सम्म सक्ने योजना

काठमाडौं, २५ असार । दोलखा जिल्लाको उत्तरी भेगमा निर्माणाधिन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको यो आयोजना निर्माण सम्पन्न हुन अब २ प्रतिशत मात्र काम बाँकी छ ।

४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । विभिन्न ४ चरणमा निर्माण भईरहेको आयोजनाको महत्वपूर्ण मानिएको भर्टिकल पेनस्टोक शाफ्टमा स्टील लाइनिङ काम भइरहेको छ।

विसं २०७२ सालमै निर्माण सक्ने लक्ष्य लिइएपनि भूकम्प र नाकाबन्दीको कारण २०७२ सालभरि आयोजना निर्माणमा प्रतिकुल असर परेको थियो ।जसको कारण आयोजना निर्माणको अवधी केही पर धकेलिन पुगेको हो

निर्माण कम्पनी मध्येको केईसीले गोङगरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटर प्रसारण लाइनको प्रसारण गर्ने १ सय २७ ओटा टावरमध्ये १ सय २६ वटा टावर निर्माण सम्पन्न गरिसकेको छ । अन्तिम टावर जडानको काम भइरहेको छ ।
यस्तै ४७ किलोमिटरमध्ये अब ८ मिटर तार राख्ने काम मात्रै बाँकी छ ।

आगामी माघ महिनाभित्र आयोजनाको सम्पूर्ण काम सम्पन्न हुने अपेक्षा गरिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । आयोजनालाई सुरुमा ३५ अर्ब रुपैयाँको लागत रहेको भएपनि हाल आयोजना सम्पन्न गर्न करिब ४९ अर्व रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत खिम्ती सवस्टेसनमा लगेर जोडिने छ । सरकारको राष्ट्रिय गौरवका आयोजनाहरुको सूचीमा राखेका विभिन्न आयोजनाहरु मध्ये यो तामाकोसी जलविद्युत आयोजनालाई अत्यन्तै राम्रो प्रगती भएको अयोजनाको रुपमा लिइन्छ । यसलाई राज्यले पनि विद्युत विकासको कोसे ढुङ्गाको रुपमा लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x