Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

पर्यटक दस्तुरमा १३ प्रतिशत भ्याट थप्ने एक्यापको निर्णयमा टानको असन्तुष्टि

पर्यटक दस्तुरमा १३ प्रतिशत भ्याट थप्ने एक्यापको निर्णयमा टानको असन्तुष्टि

काठमाडौं, १२ पुस । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पर्यटकले तिर्ने गरेको दस्तुरमा मूल्य १३ प्रतिशत अभिबृद्धि कर (भ्याट) थप गरी लिएकोमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले असहमति जनाएको छ । एक्यापले गत पुस ७ गते टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरालाई पत्राचार गरेर पुस ८ गतेदेखि सो व्यवस्था लागु गरेको हो ।

टानका अध्यक्ष नवराज दाहालले पूर्व सूचनाविना एकैचोटी एक्यापले यस्तो निर्णय गर्नु गलत भएको भन्दै यस विषयमा असहमति जनाए । उनले पर्यटन क्षेत्रको संवेदनशिलतालाई बुझेर यस विषयलाई गम्भिर रुपमा लिइनुपर्नेमा जोड दिदै टानले छिट्टै सम्बन्धित निकायमा डेलिगेसन गर्ने जानकारी दिए ।

सम्बन्धित निकाय र सरोकारवालाहरुसंग आवश्यक छलफल, सहकार्य र योजना विना नै अत्यन्तै छोटो समयमा एकतर्फी तवरले गरिने यस्ता निर्णयहरुले समग्र पर्यटन क्षेत्रमा नै नकारात्मक प्रभाव पार्ने भन्दै यस्ता प्रकृतिका निर्णय गर्नुपूर्व पूर्ववत छलफल, सहमति सहित सहकार्य गर्न पनि टानले आग्रह गरेको छ । टान पश्चिमाञ्चले आफ्नो ध्यानाकर्षण पत्रमार्फत प्रतिपर्यटक दुई हजारको दरले तिर्ने गरेको रकममा नै मूल्य अभिबृद्धि कर १३ प्रतिशत समायोजन गरी विभिन्न शिर्षकको नाउँमा रकम नबढाउन पनि अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x