बाढी, पहिरो र डुबानका कारण ६५ जनाको ज्यान गयो, ३८ घाइते

काठमाडौं, ३० असार । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार बाढी, पहिरोमा परि २४ महिला र ४१ पुरुषको ज्यान गएको छ ।
बाढी र पहिरोबाट ३८ जना घाइते भएका छन्। घाइते १७ महिला र २१ पुरुषको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। यी घटनामा ३०जना अझै बेपत्ता छन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषको खोजी जारी रहेको जनाइएको छ। अहिलेसम्म एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको जनाएको छ।