Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भ्याटमा दर्ता हुनुपर्ने व्यवस्थाको समयावधी लम्ब्याउनुपर्ने माग गर्दै ढुवानी व्यवसायी, साउन १ देखि सेवा ठप्प पार्ने चेतावनी

भ्याटमा दर्ता हुनुपर्ने व्यवस्थाको समयावधी लम्ब्याउनुपर्ने माग गर्दै ढुवानी व्यवसायी, साउन १ देखि सेवा ठप्प पार्ने चेतावनी

काठमाडौं, ३० असार । मालबाहक ढुवानी व्यवसायीहरुले साउन १ गते देखि सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। भ्याटमा दर्ताका लागि एक वर्षको समय माग गर्दै उनीहरुले उक्त माग सम्बोधन नभए १ गतेदेखि सेवा ठप्प पार्ने चेतावनी नेपाल ट्रक यातायात व्यवसायी महासंघले दिएको छ।

आर्थिक विधेयक २०७६ ले ढुवानी सेवालाई यही असार १२ पछि भ्याटको दायरामा ल्याउने व्यवस्था गरेको छ । तर ट्रक व्यवसायीले भ्याटमा दर्ता हुन आनाकानी गर्दै आएका छन् । हाल देशभर ७० हजार भन्दा बढी ट्रक सञ्चालनमा छन् । त्यसमार्फत मुलुकका विभिन्न भागमा सामान ढुवानी हुँदै आएको छ ।

यसअघि इन्धन ढुवानी व्यवसायलाई पनि भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरेपछि व्यवसायीहरुले आन्दोलनको चेतावनी दिएका थिए । तर सरकारले भ्याटमा दर्ताको व्यवस्थामा पुनर्विचार गर्ने प्रतिवद्धता जनाएपछि उनीहरु आन्दोलनबाट पछि हटेका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x