Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

तीन वटा बाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, नाफामा उल्लेख्य बृद्धि

तीन वटा बाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, नाफामा उल्लेख्य बृद्धि

काठमाडौं, ९ साउन । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । त्यसमध्ये आज सम्म तीन वटा बाणिज्य बैंकले मात्र विवरण सार्वजनकि गरेका छन् । प्रभु बैंक, सिटिजन्स बैंक र माच्छापुच्छ्रे बैंकले विवरण सार्वजनिक गरिसकेका छन् ।

यी तीन वटै बैंकले खुद नाफामा उल्लेख्य बृद्धि गरेका छन् । प्रभु बैंकले शतप्रतिशतले नाफा बढाएको छ । बैंकले गत वर्षमा २ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ९६ करोड ७० लाख रुपैयाँ थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ७३ करोड गरेको विवरणमा उल्लेख छ ।

बैंकले १ खर्ब १२ करोड निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ८६ अर्ब ४१ करोड रुपैयाँ गरेको छ ।

सिटिजन्स बैंकले १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा बैंकको नाफा १ अर्ब २२ करोड रुपैयाँ थियो । यस अवधीमा बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै माच्छापुच्छ्रे बैंकले १ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ३२ करोड गरेको जनाएको छ । असार मसान्तसम्ममा बैंकमा ८५ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरि ७५ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x