Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

७ सय ३२ स्थानीय तहमा बाणिज्य बैंकको शाखा संचालनमा, एक वर्षमा १ सय १ नयाँ शाखा

७ सय ३२ स्थानीय तहमा बाणिज्य बैंकको शाखा संचालनमा, एक वर्षमा १ सय १ नयाँ शाखा

काठमाडौं, ९ साउन । आर्थिक वर्ष २०७५÷०७६ को अन्तसम्ममा ७ सय ३२ स्थानिय तहमा बाणिज्य बैंकको पहुँच पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षको अवधीमा स्थानीय तहमा १ सय १ वटा बाणिज्य बैंकको नयाँ शाखा खुलेको छ । तर अझै २१ स्थानीय तहमा बैंकिङ पहुँच पुग्न सकेको छैन् ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष भित्र सबै स्थानीय तहमा शाखा विस्तार गर्न बाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । २१ स्थानीय तह मध्ये पनि केहीमा शाखा स्थापनाको काम भइरहेपनि अन्यमा भने पूर्वाधारको अभावले सम्भव नभएको बैंकर्सहरुले बताएका छन् ।

त्यस्तै गत वर्षको जेठ मसान्त सम्म बाणिज्य बैंकको कुल शाखा संख्या ३ हजार ५ सय ३९ वटा, विकास बैंकको १ हजार २ सय ५० वटा, वित्त कम्पनीको २ सय ५ वटा र लघुवित्तको ३ हजार ५ सय ७० गरि कुल ८ हजार ५ सय ६४ शाखा कार्यालयहरु शाखा संचालनमा छन् । यो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको एउटा शाखा कार्यालयबाट औसतमा ३ हजार ४ सय ११ जनाले सेवा लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

गत बैशाख सम्ममा बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा २ करोड ७३ लाखको निक्षेप खाता रहेको छ भने १४ लाख ५४ हजारको कर्जा खाता रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x