Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

१५ वटा बाणिज्य बैंक प्रयाप्त हुन्छ : डेपुटी गभर्नर सिवाकोटी

१५ वटा बाणिज्य बैंक प्रयाप्त हुन्छ : डेपुटी गभर्नर सिवाकोटी

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणी सिवाकोटीले राष्ट्र बैंक फोर्स मर्जरबाट पछाडी नहटेको स्पष्ट पारेको छन् । राजधानीमा आज आयोजित ‘मौद्रिक नीतिः समीक्षा कार्यक्रम’मा डिपुटी गभर्नर सिवाकोटीले बैंकहरुलाई सहुलियत दिन मर्जरको समयावधी लम्याइएको बताएका हुन् ।

त्यस्तै, वाणिज्य बैंक र लघुवित्तको संख्या १५÷१५ वटा भन्दा बढी हुन आवश्य नरहेको बताए । पहिला १ करोड देखि २ करोडसम्ममा खुलेका लघुवित्त वित्तीय संस्थाहरु अत्याधिकरुपमा बढेका र समय बित्दै जाँदा आर्थिक रुपमा टाट पल्टने स्थिति आएकोले त्यस्ता संस्थालाई राष्ट्र बैंकले पूँजी बृद्धि नगरेको पनि बताए ।

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको विग मर्जर नीतिले विकास बैंकलाई खाने र लघुवित्त वित्तीय संस्थालाई निल्ने बताए । उनका अनुसार जनताको क्षमतालाई मध्यनजर गरेर नै यस्ता संस्थाहरुको स्थापना भएको हो । मौद्रिक नीतिबाट जनताले के प्राप्त गर्न सक्छन् भन्ने प्रश्न अझै पनि यथावत नै रहेको उनको भनाई छ ।

त्यस्तै, लघुवित्त वित्तीय बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले संघले दिएका सुझाव मौद्रिक नीतिमा समावेश नभएको गुनासो गरे । मौद्रिक नीतिमा पूँजी बृद्धि नभएकोले मर्जरमा समस्या पर्नसक्ने विचार उनको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x